नेपाल कम्युनिस्ट पार्टी केपी शर्मा ओली पक्षले आज दरबारमार्गस्थित नारायणहिटी दरबार सामुन्ने आमसभा गर्दैछ । दुई लाख कार्यकर्ता उतार्ने गरी सो समूहले सभा गर्न लागेको हो ।
प्रधानमन्त्री केपी ओलीले नेतृत्व गरेको नेकपाले शुक्रबार नारायणहिटी दरबारअगाडि गर्न लागेको जनप्रदर्शन र सभामा काठमाडौंको १६ स्थानबाट जुलुस निकाल्ने तयारी गरेको छ।
नारायणहिटीसामुन्नेको वारपार क्षेत्रमा जनसभा गर्ने गरी प्रदर्शनमा दुई लाख मान्छे उतार्ने तयारी गरिएको आयोजक बागमती प्रदेश कमिटीले दाबी गरेको छ।