सन्दीप लामिछाने विरुद्धको मुद्दा शिशिरराज ढकालको इजलासमा

राम्रो अनलाइन     ०८ पुस २०८०, आइतबार
सन्दीप लामिछाने विरुद्धको मुद्दा शिशिरराज ढकालको इजलासमा

काठमाडौँ– बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दा सुनुवाइका लागि आज जिल्ला अदालत काठमाडौंमा पेशी तोकिएको छ । जबरजस्ती करणीको मुद्दा न्यायाधीश शिशिरराज ढकालको इजलासमा परेको छ । 

करिव डेढ वर्षअघि क्रिकेटर सन्दीप लामिछानेमाथि बालिका बलात्कारको आरोप लागेको थियो । जिल्ला अदालतको आदेशबाट थुनामा परेका उनी उच्च अदालतको आदेशबाट धरौटीमा छुटेका थिए ।
 

प्रतिक्रिया