राष्ट्रपतिसँग श्रीलङ्काका परराष्ट्रमन्त्रीको शिष्टाचार भेट

राम्रो अनलाइन     ०६ पुस २०८०, शुक्रबार
राष्ट्रपतिसँग श्रीलङ्काका परराष्ट्रमन्त्रीको शिष्टाचार भेट

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलसँग श्रीलङ्काका परराष्ट्रमन्त्री मोहम्मद उभियास मोहम्मद अली साब्रीले आज राष्ट्रपति भवनमा शिष्टाचार भेट गरेका छन् ।

त्यसअवसरमा उनीहरुबीच नेपाल र लोकतान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
 

प्रतिक्रिया