भैंसेपाटीस्थित मन्त्री क्वार्टरको टहरामा आगलागी

राम्रो अनलाइन     ०३ पुस २०८०, मङ्गलबार
भैंसेपाटीस्थित मन्त्री क्वार्टरको टहरामा आगलागी

काठमाडौं– ललितपुरको भैंसेपाटीस्थित निर्माणाधीन मन्त्री निवास बनाउन मजदुरहरु बस्ने गरेको टहरामा आगलागी भएको छ ।  बिहान ११ बजेतिर आगो लागेको थियो । 

आगो १० १५ मिनेटमै नियन्त्रणमा आएको ललितपुर प्रहरीले जनाएको छ । आगलागीबाट मजदुरहरुले प्रयोग गर्दै आएका सामान र रंगहरु जलेको  छ ।

प्रतिक्रिया