आजदेखि आमरण अनसन बस्दै डा. गोविन्द केसी

राम्रो अनलाइन     २९ मंसिर २०८०, शुक्रबार
आजदेखि आमरण अनसन बस्दै डा. गोविन्द केसी

काठमाडौँ–  चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले आजदेखि आमरण अनसन सुरु गर्ने भएका छन् । सरकारले विगतमा  भएको सहमतिलाई कार्यान्वयन नगरेको भन्दै शुक्रबार डा. केसीले पत्रकार सम्मेलन गर्दै आज  बेलुकी ५ बजेदेखि तीन दिने आमरण अनसन सुरु गर्न लागेको बताएका छन् ।

केसीले विगतमा भएका सम्झौता, सरकारी अस्पतालहरुमा मागअनुसार दरबन्दी थप गर्दै क्षमता बढाउने र सबै निःशुल्क औषधिहरु पाइने सुनिश्चित गर्ने माग राखेका छन् । चिकित्सा शिक्षा ऐनमा उल्लेख भए अनुसार सबै प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज पुर्‍याउने, १०० शय्या भन्दा वढी क्षमता भएका सरकारी अस्पतालहरूमा नर्सिङ लगायत अन्य स्वास्थ्य सम्वन्धी विषयका कार्यक्रम सुरु, जनसंख्या र भौगोलिक अवस्थितिअनुसार यस अगाडि सम्झौता भए बमोजिम इलाम, उदयपुर, डडेलधुरारामा सरकारी मेडिकल कलेजहरु खोल्ने जस्ता मागहरु राखेका छन् ।
 

प्रतिक्रिया