काठमाडौं–नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जनता र देशको पक्षमा काम नगरेको भन्दै सच्चिन आग्रह गरेका छन्। एमाले जनसंगठन समन्वय संयन्त्रद्वारा शनिबार आयोजित विशेष कार्यक्रममा अध्यक्ष ओलीले सो आग्रह गरेका हुन् । प्रतिक्रियावादीहरु देशव्यापीरुपमा सक्रिय रहेकाले त्यसलाई निरुत्साहित गराउन एमालेले भूमिका खेल्ने उनले बताए।
_1700316745.jpg)
युवा विद्यार्थीहरु एक्लै छैनन, साथमा एमाले छ भन्ने देखाउन मंसिर ७ गते काठमाडौंमा प्रदर्शन गरिने उनले बताए । एमाले हिंसाको राजनीति नगर्ने, शान्तिपूर्ण राजनीति गर्ने हुनाले शान्तिपूर्ण प्रदर्शन गरिने उनको भनाइ छ । एमालेजस्तो शक्ति देशमा रहेकाले सरकार तथा अन्य शक्तिले स्वेच्छाचारिता गर्न नपाएको उनले टिप्पणी गरे।
लोकतान्त्रिक गणतन्त्र नेपाली जनताले बलिदानी दिएर ल्याएको व्यवस्था भएकाले यसको संरक्षणमा एमाले जस्तोसुकै योगदान दिन तयार रहेको उनले बताए । यो व्यवस्था चलाउने काम भएमा एमालेले त्यसको प्रतिवाद गर्ने उनको भनाइ छ । देशको परिस्थिति विग्रदैगएकाले त्यसलाई सुधार गर्न एमाले सडकमा आउने उनले बताए।
_1700316832.jpg)
देशको अवस्था सुधारका लागि सरकारलाई पटक पटक सुझाव दिए पनि त्यसको सुनुवाई नभएको टिप्पणी गर्दै अध्यक्ष ओलीले सरकारलाई अब दवावको खाँचो भएको महशुस भएको बताए । भएको बेतिथी, कुशासनलाई चुपचाप हेरेर बस्न नसकिने चर्चा गर्नुहुँदै अध्यक्ष ओलीले भने, ‘सरकारले सप्रिने खालको कुनै लक्षण देखाएन, सरकार तत्काल सच्चिनुपर्छ ।’
समृद्ध नेपाल र सुखी नेपाली बनाइ छाड्ने संकल्पसाथ अभियानमा एमाले रहेकाले डराउनुपर्ने अवस्था नरहेको उनले बताए । ‘लोकतान्त्तिक व्यवस्थामाथि कसैले औलो ठड्याउने काम नगरोस्, त्यस्तो औलोलाई तल झार्ने काम एमालेले गर्छ’ उनले भने। देशको समृद्धि र जनताको पक्षमा एमाले सदैव क्रियाशील रहेको उनले चर्चा गरे।