प्रधानमन्त्री दाहालसँग राष्ट्रसङ्घ महासचिव गुटेरेसको भेटवार्ता

राम्रो अनलाइन     १२ कात्तिक २०८०, आइतबार
प्रधानमन्त्री दाहालसँग राष्ट्रसङ्घ महासचिव गुटेरेसको भेटवार्ता


काठमाडौँ–नेपाल भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका छन् । मुख्यसचिव डा. वैकुण्ठ अर्याल र परराष्ट्र सचिव भरतराज पौड्यालले महासचिव गुटेरेसलाई सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा स्वागत गरे। 

प्रधानमन्त्री दाहालसँग भेट्नुअघि उहाँले आजै उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र परराष्ट्रमन्त्री एनपी साउदसँग पनि भेटवार्ता गरेका छन् । महासचिव गुटेरेसले आजै राष्ट्रपति रामचन्द्र पौडेल, कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग भेट्ने कार्यक्रम रहेको छ । त्यस्तै, उनले आज ललितपुरस्थित पाटन दरबार क्षेत्र भ्रमण गरेका छन्।

प्रतिक्रिया