पायोनियर मोटो कर्प प्रालिले नयाँ निशान म्यागनाइटको मूल्य सार्वजनिक गर्दै नेपालभरिका सबै डिलरहरु मार्फत बुकिङ खुला गरेको छ । सबै ग्राहकहरुले https://nissan-nepal.com/book-a-vehicleमा गएर बुकिङ गर्न सकिने कम्पनीले जनाएको छ । नेपाली बजारमा बिग, बोल्ड, ब्युटिफुल र अतिआकर्षक गाडी निशान म्यागनाइटको मूल्य रु २९ लाख ४९हजार बाट उपलब्ध हुनेछ ।
निशान मोटर इंडियाका अध्यक्ष तथा दक्षिण एशिया बजारका इन्चार्ज सिनन ओजकोकका अनुसारनिसान म्याग्नाइटले Nissan Next को नेपाली र विश्व बजारका लागि तय गरिएको रणनीतिमा नयाँ अध्यायको सुरूवात गर्दछ।
समृद्ध अनुभव प्रदान गर्न निरन्तर अन्वेषणमा लागि पर्ने निसानको मान्यता अनुसार नै यो गाडिमा निशानका प्रख्यात क्रुज कन्ट्रोल र 360०भ्यूजस्ता अन्य प्रविधिहरुलाई समावेश गरिएको छ।म्यागनाईटका हरेक मोडलहरु नेपाली प्रयोगकर्ताको आकांक्षा पुरा गर्ने ध्ययका साथ निकै गहनताका साथ डिजाईन गरिएको छ।
पायोनियर मोटो कर्प प्रालिका प्रबन्ध निर्देशक सन्दीप कुमार शारदाका अनुसारनयाँ निसान म्याग्नाइटको लन्च निशानको लामो ग्राहक केन्द्रित यात्रामा एउटा अविस्मरणीय कोषे ढुङ्गाको काम गर्नेछ। विशेष गरी हाम्रो मुल्यवान ग्राहकहरुका लागिबिग, बोल्ड, ब्युटिफुल र ‘क्यारिजम्याटिक’ निशान म्यागनाईट बजारमा ल्याएका छौं ।ग्राहकहरुको आकांक्षा र उच्च प्रविधिको समायोजन भएको म्यागनाईटले पक्कै पनि नेपाली बजारमा गेम चेन्जरको भुमिका निर्वाह गर्नेमा हामी विश्वस्त छौं।