मौसमी गुरुङ, गायिका

तीजमा दर चाँहि दह्रै खाइन्छ । तीजको व्रत पनि बस्छु । बिहानै नजिकको मन्दिरमा गएर पूजाआजा गर्छु । घरपरिवारसँगै नाचगान गरेर साधारण अनि रमाइलो तरिकाले मनाउँछु ।
बेनिसा हमाल, अभिनेत्री

तीजको दिन साथीभाइसँग घुम्न गइन्छ । रमाइलो गरिन्छ । निराहार व्रत बस्दिनँ । चाडपर्वमा पारम्परिक पहिरनमै सजिन रुचाउँछु । कुर्ता–सुरुवाल, सारी लगाउन मन पराउँछु ।
वर्षा शिवाकोटी, अभिनेत्री

तीज घर–परिवारसँग मनाइन्छ । तीजमा व्रत बस्दै छु । पहिलो दिन मनग्ये दर खाने भोलिपल्ट व्रत राखिन्छ, नाचगान गरी रमाइलो गरिन्छ । सहज हुने भएकाले कुर्ता–सुरुवाल नै लगाउन रुचाउँछु ।
दीपाश्री निरौला, अभिनेत्री

कलाकारसँग तीज मनाइन्छ । व्रत बसे पनि निराहार भने बस्दिनँ । पानी, फलफूल खान्छु । तीजमा रातो सारी लगाउन मन पराउँछु ।
टीका प्रसाईं, गायिका
_1695023339.jpg)
तीज नेपाली महिलाका लागि विशेष हुन्छ, मेरा लागि पनि हो । स्वास्स्यले साथ दियो भने व्रत बस्छु । विभिन्न कार्यक्रममा सहभागी भई नाचगान गरेर तीज मनाउन रमाइलो लाग्छ ।
सञ्चिता लुुइँटेल, अभिनेत्री
_1695023597.jpg)
तीजमा कडा व्रत बस्दिनँ । फलफूल, पानी, जुस खाइन्छ । भोकै बस्दिनँ । हरेक तीजमा मेरा लागि माइतीबाट सारी, कुर्ता–सुरुवाल उपहार आउँछ । त्यही पहिरन लगाउँछु ।
खुश्बु खड्का, मोडल

तीज व्रत बस्छु । तर, निर्जल बस्दिनँ । फलफूल, दूध–दही खाइन्छ । परिवार, साथीभाइसँग रमाइलो गर्दै तीज मनाइन्छ । घरनजिक हुने कार्यक्रममा नाचगान गरिन्छ । घरनजिकैको शिव मन्दिर गई पूजा गरिन्छ । तीजमा सारी लगाउन मन पर्छ ।
सुरक्षा पन्त, अभिनेत्री

तीज सामान्य तरिकाले मनाउँछुु । घरपरिवारसँग रमाइलो गर्दै तीज मनाउँछु । व्रत बस्दिनँ । नजिकको मन्दिर गएर पूजाआजा गर्छु । तीजमा रातो नै लगाउनुपर्छ भन्ने लाग्दैन । आफूलाई मन पर्ने रङको पहिरन लगाउँछु ।