काठमाडौँमा चार जनाको हत्या भएको अवस्थामा शव फेला

राम्रो अनलाइन     ३० भदौ २०८०, शनिबार
काठमाडौँमा चार जनाको हत्या भएको अवस्थामा शव फेला


काठमाडौँ–काठमाडौँको तीनकुनेस्थित गैह्रीगाउँमा चार जनाको हत्या भएको अवस्थामा शव फेला परेको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले धारिलो हतियार प्रहार भएको अवस्थामा चार जनाको शव फेला परेको जानकारी दिए । घटना राति १२ बजेतिरको भएको अनुमान गरिएको छ । 

मृत्यु हुनेमा दुई महिला र दुई पुरुष रहेका र अहिले घटनास्थलमा प्रहरी परिचान भएको उहाँले बताउनुभयो । घटनाको अनुसन्धानका लागि तालिमप्राप्त प्रहरी र कुकुरको समेत परिचालन गरिएको छ । 

अहिले घटनास्थलमा उपत्यका प्रहरी कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँको टोली परिचालन गरिएको छ । विस्तृत विवरण आउन बाँकी नै छ ।
 

प्रतिक्रिया