तारकेश्वर नगरपालिकाले ‘पहिचान अपनत्व र अधिकार : दिगो विकासको आधार’ भन्ने नाराका साथ भौतिक पूर्वाधार विकासलाई उच्च प्राथमिकता दिएको छ । जेठ मसान्तसम्ममा ११.२८ किलोमिटर सकड कालोपत्रे सम्पन्न गरेका छौँ । १४.४७ किलोमिटर सडक ढलान, ६.५ सडक स्तरोन्नति, ७.४ किलोमिटर ढल व्यवस्थापन, १६.१ किमी डिमार्केसन वाल निर्माण कार्य सम्पन्न गरेका छौँ । ११० वटा मङ्गल निर्माण गरिएको, ३४ वटा सार्वजनिक पाटी, पौवा, मन्दिर निर्माण भएको, १५ वटा पुल, पुलेसा, कलभर्ट निर्माण गरिएको छ । दुई वटा सार्वजनिक शौचालय र नगर उज्यालो कार्यक्रम अन्तर्गत नगरका विभिन्न मुख्य तथा भित्री सडकमा ५१३ वटा सडकमा सौर्य सडक बत्ती जडान गरिएको छ । शान्तिसुरक्षा कायम गर्न नगरपालिकाका विभिन्न स्थानमा १५३ वटा सिसिटिभी क्यामरा जडान गरिएको छ । नगरपालिकालाई नमुना बनाउने गरी काम गरीरहेका छौँ ।
तारकेश्वर नगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि स्मार्ट डिजिटल बोर्ड जडान गरी प्रविधिमैत्री सिकाइको थालनी गरेको छ । प्रधानाध्यापक र शिक्षकसँग कार्यसम्पादन करार सम्झौता गरी शैक्षिक सुधारको थालनी गरिएको छ । सामुदायिक विद्यालयका सबै विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष निर्वाचित जनप्रतिनिधि नै रहने व्यवस्था चालु शैक्षिक सत्रदेखि सुरु गरेका छौँ । शिक्षामा गत वर्षको भन्दा लगानी बढाएका छौँ । तारकेश्वर नगरपालिकाका सामुदायिक विद्यालयमा सबै वर्गका विद्यार्थी पढ्ने अवस्था बनाएका छौँ । सामुदायिक विद्यालयमा बसको व्यवस्था गरेका छौँ ।
नक्सा पाससम्बन्धी प्रक्रियालाई व्यवस्थित बनाउन इलेक्ट्रोनिक बिल्डिङ परमिट सिस्टम ९इबिपिएस० प्रणाली लागु गराउने प्रक्रिया अन्तिम चरणमा पु(याएका छौँ । संस्थागत सेवा प्रवाह र सुशासन प्रवर्धनतर्फ हामीले धेरै काम गरेका छौँ । नगरपालिकाको काम कारबाहीमा पारदर्शिता कायम गर्न र नागरिकको सूचनाको हक संरक्षण र संवर्धन गर्न राष्ट्रिय सूचना आयोगको पिडिएमएसमा आबद्ध भएका छौँ । नगरवासीलाई आइपर्न सक्ने आकस्मिक सेवालाई व्यवस्थित गर्न तथा सेवा प्रवाहसम्बन्धी गुनासो सम्बोधन गर्न चौबिसै घण्टा निःशुल्क टोल फ्री नम्बर व्यवस्थापन गरिएको छ भने नगर कार्यपालिकाको कार्यालयबाट प्रदान गरिने सेवालाई व्यवस्थित गर्न (एकद्वार सेवा प्रणाली) आवश्यक संरचना निर्माण तथा सेवा सञ्चालन गरिएको छ ।
हामीले हिउँदे तथा बर्खे घाँसको बिउ खरिद तथा वितरण गर्दै आएका छौँ । ६० प्रतिशत मूल्य अनुदानमा ९१ थान प्लास्टिक टनेल वितरण, पाँच हजार आठ सय केजी गहुँको बिउ वितरण, साढे तीन सय केजीभन्दा बढी च्याउको बिउ, ५५८ सेट जैविक कीटनासक विषादी वितरण र १७ वटा मिनी टिलर वितरण गरेका छौँ । किसानलाई आत्मनिर्भर बनाउने योजना हामीले ल्याएका छौँ । नगरवासीलाई क्षेत्रगत रूपमा उद्यमशीलता बढाइ सिप सिकाइको अवधारणा अनुरूप उद्यमी सिर्जना गरिएको, उहाँहरूलाई उद्यमशीलता सिप सिकाइ व्यवसाय सञ्चालन गर्न सिलाइ बुनाइ मेसिन, कफी बनाउने मेसिन, फेसियल बेड, हेयर ड्रयर, कृषकका लागि बाख्रा, तरकारी खेतीका लागि स्प्रेर पम्प, कुखुरापालक किसानका लागि पानी ट्याङ्की र हिट दिने भाँडो वितरण गरिएको छ ।
नगरपालिकाले ज्येष्ठ नागरिकका लागि स्कुल सञ्चालन गर्दै छ । जसरी बालबालिका लिन घर घरमा स्कुल बस जान्छ त्यसरी नै ज्येष्ठ नागरिकलाई लिन बिहान १० बजे घरघरमा बस जाने र साँझ ५ बजेपछि घर घरमै पु(याइदिन्छ । यी विद्यालयमा ज्येष्ठ नागरिकका अनुभव आदानप्रदान गर्ने कार्यको सुरुवात गर्दै छौँ । आमाबुवाले आफूले जानेको सिप र अनुभव प्रदान गर्ने र टपरी गाँस्ने, चकटी बुन्ने, बत्ती कात्ने, भजन गाउने योग ध्यान गर्न लगाउने गरी ज्येष्ठ नागरिक स्कुलको व्यवस्था गर्दै छौँ । नगरपालिकाको वडा नं. ६ मा रहेको १४ रोपनी जमिनमा ज्येष्ठ नागरिक स्कुल बनाउने तयारी गरेका छौँ ।
नगरपालिकाले ज्येष्ठ नागरिकका लागि स्कुल सञ्चालन गर्दै छ । जसरी बालबालिका लिन घरघरमा स्कुल बस जान्छ त्यसरी नै ज्येष्ठ नागरिकलाई लिन बिहान १० बजे घर घरमा बस जाने र साँझ ५ बजेपछि घर घरमै पु(याइदिन्छ । अनलाइन सिस्टमबाट व्यवसायको लगत व्यवस्थापन गरिएको, डिजिटल भुक्तानी प्रणालीको थालनी गरिएको र नगरपालिकाभित्रै बैङ्क काउन्टरको व्यवस्था गरी व्यवस्थित रूपमा कर सङ्कलन गर्न थालिएको छ ।