उपप्रधानमन्त्री खड्काको प्रोष्टेटको  शल्यक्रिया

राम्रो अनलाइन     १४ भदौ २०८०, बिहिबार
उपप्रधानमन्त्री खड्काको प्रोष्टेटको  शल्यक्रिया

 

काठमाडौँ–प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली सेनाको वीरेन्द्र अस्पताल छाउनीमा उपचारार्थ उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्कालाई भेट गरी स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । उपप्रधानमन्त्री तथा रक्षामन्त्री खड्कालाई प्रोष्टेटमा समस्या भएपछि आज छाउनीमा भर्ना भएका हुन् । 

अस्पतालका कमाण्डाण्ट प्राविधिक सहायक रथी प्राध्यापक डा भरतबहादुर भण्डारी नेतृत्वको चिकित्सक टोलीले उनको प्रोष्टेटको सफलतापूर्वक शल्यक्रिया सम्पन्न गरेको छ । शल्यक्रियापश्चात अस्पतालको वार्डमा रहनुभएका रक्षामन्त्री खड्काको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको प्रा डा भण्डारीले जानकारी दिए ।

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले उनी केही दिन अस्पतालमै रहने जनाउँदै हाल स्वास्थ्य अवस्था सामान्य रहेको बताए। खतिवडा मन्त्री खड्काको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका थिए।
 

प्रतिक्रिया