‘धेरै आलोचना होला भन्ने लागेका थियो, तर कम आलोचना भयो’ : सभापति देउवा 

राम्रो अनलाइन     १० साउन २०८०, बुधबार
‘धेरै आलोचना होला भन्ने लागेका थियो, तर कम आलोचना भयो’ : सभापति देउवा 


काठमाडौँ–यही साउन २ गतेदेखि सञ्चालन भएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज सम्पन्न भएको छ । बैठक समापन गर्दै पार्टी सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बैठकमा आफ्नो बारेमा सोचेभन्दा कम आलोचना भएको बताए। 
    
सभापति देउवाले भने, ‘धेरै आलोचना होला भन्ने लागेका थियो, तर कम आलोचना भयो, यसका लागि धन्यवाद ।’ उनले केन्द्रीय समितिको बैठकबारे लाइभ गरेका कारण पार्टीभित्रका नेताहरूको क्षमता सबैले बुझ्ने अवसर पाएको टिप्पणी गरे। 

सभापति देउवाले पार्टीको केन्द्रीय समितिको अर्को बैठक असोज २ गते बस्ने पनि जानकारी दिए । बैठकको अन्तिममा पार्टीलाई विभिन्न समयमा योगदान गर्ने नेता तथा कार्यकर्ताका आफन्तको मृत्युमा शोक प्रस्ताव पारित गरिएको थियो । 
 

प्रतिक्रिया