चितवन–नारायणगढ–मुग्लिन सडक खण्डमा खसेको पहिरो पन्छाउन अझै समय लाग्ने भएको छ । इच्छाकामना गाउँपालिका–५ तीन नम्बर पुलमा गए राति पहिरो खसेको हो । डिभिजन सडक कार्यालय चितवनका प्रमुख रमेशकुमार पौडेलले थप पहिरो नखसे केही घण्टापछि सडक खसलाउन सकिने बताए। पहिरोको एउटा ढिस्को नै झरेकाले पन्छाउन समय लागेको उनको भनाइ छ । अर्को ढिस्को पनि खस्ने अवस्थामा छ, पौडेलले भने। सो स्थानमा बिहानैदेखि पहिरो पन्छाउने काम भइरहेको छ । छिनछिनमा पहिरो खस्दा यातायात अवरुद्ध हुँदैआएको छ ।

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत ईच्छाकामना गाउँपालिका–५ तीन नम्बर पुलमा खसेको पहिरोले रोकिएका सवारीसाधन । गए रातिदेखि अबरुद्ध यो सडकखण्डमा हजारौं सवारीसाधन रोकिएका छन् ।

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत ईच्छाकामना गाउँपालिका–५ तीन नम्बर पुलमा खसेको पहिरोले बिचमै रोकिएका यात्रु सडकमै नाचगान गर्दै ।