‘भाषा र संस्कृतिको लागि प्रेम’ कला प्रदर्शनी आजदेखि सुरु

राम्रो अनलाइन     ०८ असार २०८०, शुक्रबार


काठमाडौँ–नेपाल कला परिषद्मा ‘भाषा र संस्कृतिको लागि प्रेम’ विषयक कला प्रदर्शनी सुरु भएको छ । नेपालस्थित बङ्गलादेश राजदूतावासद्वारा आयोजित उक्त प्रदर्शनीको उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले उद्घाटन गरेका हुन् । 

सो अवसरमा उपप्रधानमन्त्री श्रेष्ठले नेपाल र बङ्गलादेशबीचको मित्रतालाई प्रदर्शनीले अझ बलियो बनाउन सहयोग पुग्ने बताए । ‘आफ्नै मौलिकता बोकेको नेपाली कला, संस्कृतिको पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा विस्तार गर्न र दुई देशबीचको मित्रतालाई अझ सबल तुल्याउन यस प्रदर्शनीले सहयोग पुर्याउँछ’, उपप्रधानमन्त्री श्रेष्ठले भने । 

आजदेखि पाँच दिनसम्म सञ्चालन हुने सो प्रदर्शनीेको चित्रकला देशको पहिचान हो भनी सबैलाई सुसूचित गर्न, भाषा, कला, संस्कृतिको संरक्षण र संवर्द्धनको जर्गेना गर्नका लागि आयोजना गरिएको हो । नेपाली चित्रकारद्वारा तयार पारिएका कला र संस्कृति झल्काउने विभिन्न तस्बिर प्रदर्शनीमा राखिएका छन् । 
 

प्रतिक्रिया