ग्रिनलाइफ हाइड्रोपावरको साधारण शेयर (आईपीओ) बाँडफाँड भएको छ । शुक्रबार बिहान भएको बाँडफाँडमा ३ लाख २५ हजार १६३ जनाले १०/१० कित्ता शेयर पाएका छन् ।
भाग्यमानी दुई जनाले ११ कित्ता शेयर प्राप्त गरेका छन् ।
हाइड्रोपावरको आइपीओमा १३ लाख २२ हजार ९७१ जना आवेदकबाट २ करोड २६ लाख ९१ हजार ४९० कित्ता शेयर खरिदको लागि आवेदन परेको थियो। कम्पनीले बिक्रीमा ल्याएको आइपीओको यो ६।९८ गुणा धेरै हो।
आवेदकममध्ये ३ हजार ९१२ जनाले ५८ हजार ३२० कित्ता शेयरका लागि दिएको आवेदन रद्ध भएका थिए ।
ग्रीनलाइफ हाइड्रोपावरले माघ २३ गतेदेखि प्रतिशेयर १०० अंकित मूल्यका १८ लाख कित्ता र स्थानीय बासिन्दाका लागि जारी शेयरमा बिक्री नभएको १६ लाख ८६ हजार ४०० कित्ता गरी कुल ३४ लाख ९६ हजार ४०० कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो।
त्यसमध्ये १ लाख ७४ हजार ८२० कित्ता शेयर सामूहिक लगानी कोषका लागि र ६९ हजार ९२८ कित्ता शेयर कर्मचारीहरुका लागि बाँडफाँट गरिएको छ। त्यसमध्ये बाँकी रहेको ३२ लाख ५१ हजार ६५२ कित्ताका शेयर सर्वसाधारणको लागि छुट्टाएको थियो।
यसरी हेर्न सकिन्छ नतिजा
तपाईंलाई शेयर परे नपरेको थाहा पाउन आवेदन दिनुभएको मेरोशेयरमा लगइन गरेर माइ आस्बाको एप्लिकेसन रिपोर्टमा गएर हेर्न सक्नुहुन्छ । त्यस्तै शेयरसंसारको पोर्टल, नेपालपैसा, मेरो लगानीलगायतमा गएर पनि नतिजा थाहा पाउन सकिन्छ ।