आज (बिहीबार) देखि देशभर मौसम सफा हुने 

राम्रो अनलाइन     ०५ फागुन २०७७, बुधबार

काठमाडौँ, ६ फागुन  ः बिहीबारदेखि देशभर मौसम क्रमिकरुपमा सुधार हुने भएको छ । पश्चिमी वायुको प्रभावले विगत केही दिनयता देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदलीका साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात भएको थियो । 

बुधबार रातिदेखि उक्त प्रणाली कमजोर भई बाहिरिएकाले बिहीबारदेखि देशभर मौसम सफा भई राम्रोसँग घाम लाग्ने मौसमविद् समिर श्रेष्ठले बताए । उनका अनुसार यस प्रणाली सक्रिय नभएकाले ठूलो  हुन सकेन । वर्षा हुनका लागि पश्चिमी वायुसँगै प्राप्त मात्रमा जलवाष्युक्त बहनु पर्छ ।   

बुधबार देशको उच्च पहाडी तथा हिमाली भूभागहरूमा आंशिक बदली रही अन्य भूभागको मौसम सामान्यतया सफा रहेको थियो । 
 

प्रतिक्रिया