माघ महिनाको पहिलो दिन मनाइने मकर सक्रान्ति अर्थात् माघे सक्रान्ति आज मनाइँदैछ । देशभर आज स्नान, जप, तप, ध्यान आदि गरी सक्रान्ति मनाउन लागिएको हो ।
सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले माघे सक्रान्तिलाई मकर सक्रान्ति पनि भनिएको हो ।
तराईबासीले माघे सक्रान्तिलाई नहान अर्थात् नुहाउने पर्वका रूपमा मनाउँछन् भने थारु समुदाय र किरात राई समुदायले नयाँ वर्षका रूपमा मनाउने गर्छन् ।
यस पर्वमा घ्यू, चाकु, तिलका परिकार, खिचडी, तरुल आदि खाने गरिन्छ । यस्ता परिकार खानु पहिले तरुलको तिलक टिका लगाउने चलन रहेको छ ।