‘माइकल अधिकारी’को ‘फापरको रोटी’ गीतमा सुषमा र यशराज 

राम्रो अनलाइन     ०१ भदौ २०७९, बुधबार

 

काठमाडौँ– फिल्म ‘माइकल अधिकारी’को नयाँ गीत ‘फापरको रोटी’ रिलिज भएको छ। शम्भुजीत बाँस्कोटा, रवि ओड र टीका प्रसाईंको स्वर रहेको गीत दयाराम पाण्डेको शब्द रहेको छ। गीतमा संगीत भने शम्भुजीत बाँस्कोटाकै रहेको छ।

फिल्ममा अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठ मुख्य भूमिकामा रहेका छन्। गीतमा उनीहरूसँगै सुषमा कार्की र यशराज गराच फिचर्ड छन्।

फिल्ममा ‘सरोगेसी’ अर्थात् कोख भाडा दिएर बच्चा जन्माउने दम्पतीको कथा छ। रञ्जित रौनियारको निर्देशनमा बनेको फिल्ममा सौगात र सृष्टिसँगै अशान्त शर्मा, लुनिभा तुलाधर, ऐनी कुँवर, हेमन्त बुढाथोकीलगायत कलाकारको अभिनय छ। फिल्म भदौ ३ मा प्रदर्शनमा आउनेछ। 

प्रतिक्रिया