पुष्पलालको प्रेरणाले एमाले सबल भएको छ : अध्यक्ष ओली

राम्रो अनलाइन     ०७ साउन २०७९, शनिबार
पुष्पलालको प्रेरणाले एमाले सबल भएको छ : अध्यक्ष ओली


काठमाडौँ–नेपाल कम्युनिष्ट पार्टी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपाका संस्थापक महासचिव पुष्पलालले दिनुभएको योगदानको प्रेरणा लिएर आज यस ठाउँमा आइपुगेको बताएका छन् । ४४औँ पुष्पलाल स्मृति दिवसका अवसरमा आज यहाँ आयोजना भएको कार्यक्रममा अध्यक्ष ओलीले पुष्पलालले देखाएको सत्कर्मकै कारण एमाले आज यस स्थानमा आइपुगेको बताए ।  

पुष्पलालले पुर्‍याउनु भएको योगदानकै कारण आज सचेत सङ्गठित, विस्तृत  परिवर्तनकारी सबैभन्दा सबल शक्तिका रुपमा एमाले रहेको दाबी अध्यक्ष ओलीले गरे । कार्यक्रममा पुष्पलाल र अरू शहीदहरूले देखाएको बाटोबाट अलि कति पनि विचल्लित नभईकन  ‘समृद्ध नेपाल, सुखी नेपाली’ र स्वतन्त्र नेपाल बनाएर छोड्ने सङ्कल्प उहाँले पुनः दोहोर्‍याए । 

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले भने, ‘अग्रजलाई सम्मान गरिहँदा फराकिलो मनको साथ अगाडि बढ्नुपर्छ ।’ उनले कार्यकर्तालाई पुष्पलालका काम, विचार, योगदनको प्रेरणा लिएर अघि बढ्नु आग्रह गरे ।  

पुष्पलालको जीवनको चर्चा गर्दै अध्यक्ष ओलीले नेपालको राजनीतिक, सामाजिक र आर्थिक परिवर्तनमा उहाँले पुर्‍याएको योगदानको स्मरण गरेका थिए । सोही अवसरमा अन्य विभिन्न पार्टीबाट करिब २० जना एमालेमा प्रवेश गरेका थिए । 

प्रतिक्रिया