विश्व तेक्वान्दोमा अशोक खड्का निर्णायक

राम्रो अनलाइन     ०६ साउन २०७९, शुक्रबार
विश्व तेक्वान्दोमा अशोक खड्का निर्णायक


काठमाडौँ–विश्व तेक्वान्दो च्याम्पियनसिपमा सेकेन्ड क्लास अन्तरराष्ट्रिय निर्णायक अशोक खड्काले निर्णायकको भूमिका निर्वाह गर्ने भएकाछन् । उक्त प्रतियोगिता बुल्गेरियाको सोफियामा हुनेछ । प्रतियोगिताअन्तर्गत क्याडेटको प्रतिस्पर्धा साउन १२ देखि १५ गतेसम्म हुनेछ । साउन १७ देखि २२ गतेसम्म जुनियरको खेल हुनेछ । दुवैमा अशोकले निर्णायकको भूमिका निर्वाह गर्नुहुनेछ । प्रतियोगितालाई लक्षित गरी साउन १० र ११ गतेसम्म रेफ्री रिफ्रेसर कोर्स पनि हुनेछ । कोर्समा पनि अशोक सहभागी हुनेछन् ।

निर्णायकका लागि विश्व तेक्वान्दोले नै छनोट गरेको खड्काले जानकारी दिए ।  दक्षिण एसियाबाट उक्त प्रतियोगिताका लागि निर्णायकमा छनोट हुने अशोक एक्लो हुन् ।

वैशाख यता अशोकले प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्न लागेको पाँचौँ पटक हो । यसअघि उहाँले दक्षिण कोरिया, अस्ट्रिया, स्विडेन र बेल्जियममा भएको प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेका थिए । उनलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टङ्कलाल घिसिङले आज  आयोजित एक कार्यक्रममा सफलताको शुभकामना दिँदै विदाइ गरे । उक्त प्रतियोगिताको लागि अशोक आइतबार बुल्गेरियाको सोफिया प्रस्थान गर्नेछन् । 


 

प्रतिक्रिया