६० लाख बढी लगानीमा सुट गरियो नेपाली गीत 

राम्रो अनलाइन     ०८ कात्तिक २०८१, बिहिबार
६० लाख बढी लगानीमा सुट गरियो नेपाली गीत 

 

काठमाडाैं – नेपाली म्युजिक भिडियो इतिहासमा सम्भवत सबैभन्दा ठुलो लगानीमा भिडियो छायांकन गरिएको छ। ६० लाखको लगानीमा तयार भएको ‘मालती’ बोलको डान्सिङ शैलीको गीतमा साम्राज्ञीको जोडी विशाल खरेलसँग बाँधिएको छ ।

दशैंअघि थाइल्याण्डमा खिचिएको हो । बुधबार मोडल खरेलको जन्मदिनमा गीत छायांकनका केही तस्वीरहरु सार्वजनिक गरिएको छ, जसमा साम्राज्ञी बोल्ड अवतारमा प्रस्तुत छिन् । एक सातासम्म थाइल्याण्डमा छायांकन गरिएको गीतमा त्यहाँका चर्चित मोडलहरुलाई कोरसमा उतारिएको निर्देशक सञ्जय न्यौपानेले जानकारी दिए । यो गीतले नेपाली म्यूजिक भिडियोलाई अन्तरर्राष्ट्रिय बजारमा चिनाउने उनको दाबी छ । गीतको एक साताभन्दा बढी समय लगाएर छायांकन गरिएको हो।

गीतमा थाइल्याण्डका मंहगा मोडलहरुलाई कोरसको रुपमा प्रयोग गरिएको छ। सार्वजनिक तस्विरमा साम्राज्ञी आर्कषक लुक्समा प्रस्तुत छिन्। साथै, अभिनेता खरेलसँग रोमान्टिक अवतारमा समेत प्रस्तुत भएको तस्वीरमा देख्न सकिन्छ।  गीतमा सुरज विक्रम थापा (बुलेट फ्लो)र डिवी यो म्याजेस्टीको शब्द तथा संगीत अनि ममता गुरुङ र बुलेट फ्लो र डिवी यो म्याजेस्टीको स्वर रहेको छ। सौरभ लामाले खिचेको म्युजिक भिडियोलाई कमल खतिवडा र निर्देशक न्यौपानेले निर्माण गरेका हुन्। लोकेन्द्र सुब्बाको सम्पादन रहेको म्युजिक भिडियोका प्रोडक्सन म्यानेजर थाइल्याण्डमा ओस्कार डिपिपी हुन्।
 

प्रतिक्रिया