काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका उपसभापति पूर्णबहादुर खड्कालाई पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रमुखमा मनोनयन गरेका छन् ।
पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा उपसभापति खड्का नीति अनुसधन प्रष्ठिानको प्रमुख नियुक्त भएको उल्लेख छ।
नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३६ (१० (क) बमोजिम सभापति देउवाले उपसभापति खड्कालाई विधानको धारा ३६ र नेपाली कांग्रेसको नियमावली २०७६ को नियम ३३ बमोजिम गठन भएको ‘नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान’ को प्रमुखमा मनोनयन गरेका हुन् ।