बनेपा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसबाट निर्वाचित हुनुभएका शान्ति रत्न शाक्य विजयी भएपछि विहीवार निकालीएको विजय र्यालीमा सहभागीहरु ।

दाङको घोराही उपमहानगरपालिकामा नगरप्रमुख र उपप्रमुख पदमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट विजयी हुनुका उम्मेदवार नरुलाल चौधरी र हुमा डिसी । उहाँहरु गठबन्धबाट उम्मेदवार बन्नुभएका उम्मेदवारलाई पराजित गर्दै नगरप्रमुख पदमा निर्वाचित चौधरीले ३१ हजार ७२८, उपप्रमुख डिसीले ३० हजार ४०३ मत प्राप्त गरी विजयी हुनुभएको हो ।

कैलालीको घोडाघोडी नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख खडक रावत र उपप्रमुख गुलिया चौधरी ।

जुम्लाको चन्दननाथ नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरु मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले प्रमाणपत्र प्रदान गरेपश्चत सामुहिक तस्वीर लिँदै।

कैलालीको टीकापुर नगरपालिकाको उपमेयरमा निर्वाचित हुनुभएका खडकबहादुर शाहको विजयी र्याली । शाह नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बाट विजयी हुनुभएको हो । उहाँले नागरिक उन्मुक्ति पार्टीकी उल्कादेवी विकलाई पराजित गर्दै उपमेयरमा निर्वाचित हुनुभएको छ ।

स्थानीय तह निर्वाचनमा बेँसीशहर नगरपालिकाको प्रमुखमा विजयी हुनुभएका गुमानसिंह अर्याललाई प्रमाण पत्र प्रदान गर्दै मुख्य निर्वाचन अधिकृत शिवप्रासद खनाल । अर्याल यसअघि पनि नगर प्रमुख नै हुनुहुन्थ्यो ।

मुख्य निर्वाचन अधिकृत शिवप्रासद खनाल बिहीबार स्थानीय तह निर्वाचनमा नेकपा (एमाले)का तर्फबाट उपप्रमुख पदमा निर्वाचित हुनुभएकी बेँसीशहर नगरपालिकाका पद्यमा अर्याललाई प्रमाणपत्र प्रदान गर्दै ।

सप्तरीको सुरुङ्गा नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख गिता चौधरी ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको प्रमुख मोहनमाया ढकाल र उपप्रमुख निलकण्ठ खनाल बिहीबार विजयी घोषणापछि ।

कैलालीको टीकापुर नगरपालिकामा नागरिक उन्मुक्ति पार्टीबाट नगर प्रमुखमा निर्वाचित रामलाल डगौंरा थारूसहित विजयी जनप्रतिनिधि विजयी जुलुसमा सहभागी हुँदै ।