संविधानको सफल कार्यान्वयनका लागि तोकिएकै समयमा निर्वाचन हुन्छ : आयुक्त भण्डारी

राम्रो अनलाइन     ०३ वैशाख २०७९, शनिबार
संविधानको सफल कार्यान्वयनका लागि तोकिएकै समयमा निर्वाचन हुन्छ : आयुक्त भण्डारी


मकवानपुर– निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले संविधानको सफल कार्यान्वयनका लागि तोकिएकै समयमा निर्वाचन हुने बताएका छन् । शनिबार हेटौँडामा आयोजित मिडिया अभिमुखीकरण कार्यक्रममा बोल्दै आयुक्त भण्डारीले संविधानको सफल कार्यान्वयनका लागि तोकिएकै समयमा निर्वाचन गराउनुपर्ने भएकाले आगामी वैशाख ३० मा हुने निर्वाचन नसर्ने बताएका हुन् ।

उनले लोकतन्त्रको सुन्दर पक्ष भनेकै निर्वाचन रहेकाले कुनै पनि हालतमा निर्वाचन हुने कुरा प्रष्ट पारे । उनले निर्वाचन आयोगले गत २५ गतेदेखि निर्वाचन आचारसंहिता लागू गरिसकेकाले यसको सफल कार्यान्वयन गर्न सबैले आफ्नो तर्फबाट भूमिका खेल्नुपर्ने बताए । आचारसंहिताले आयोगसहित राजनीतिक दल, तिनै तहका सरकार, पत्रकार, कर्मचारीलगायतका क्षेत्रलाई बाँध्ने भएकाले यसको उल्लङ्घन नगर्न आग्रह गरे ।

निर्वाचनको व्यवस्थापन चुस्तदुरुस्त रूपमा गरिरहेको जानकारी दिँदै उनले निर्वाचनमा खटिएका मुख्य निर्वाचन अधिकृतसहित सम्पूर्ण कर्मचारीलाई अभिमुखीकरण दिएको बताए । 

प्रतिक्रिया