अभिनेत्री करिश्मा भन्छिन् : एमाले रोज्नुको कारण अध्यक्ष ओली 

राम्रो अनलाइन     ०८ चैत २०७८, मङ्गलबार
अभिनेत्री करिश्मा भन्छिन् : एमाले रोज्नुको कारण अध्यक्ष ओली 


काठमाडौँ– चर्चित  अभिनेत्री करिश्मा मानन्धर कलाकारिताका क्रममा सुटिङलाई थाँती राखेर पार्टी प्रवेश कार्यक्रममा सामेल भइन् । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेपछि मन्तव्यका क्रममा पनि कार्यक्रमपछि पुनः सुटिङमा जानुपर्ने भएकाले हतारोमा रहेको बताइन् । मानन्धर एमालेमा आउने भन्ने सूचनाले कार्यक्रमस्थलमा पत्रकार र पार्टीका कार्यकर्ताको घुइँचो लागेको थियो । 

अभिनय यात्रामा व्यस्त कलाकार मानन्धरलाई स्थानीय निर्वाचनको सम्मुखमा किन एमालेमा प्रवेश गर्नुपरेको होला ? विगतमा डा बाबुराम भट्टराईको नयाँ शक्ति नेपालमा प्रवेश गरेकी करिश्मालाई एमाले के कारणले मन परेको हो ? मानन्धरले आफ्नो मन्तव्यमा यी प्रश्नको लिखित जवाफ दिएकी छिन् । 

एमाले रोज्नुको पहिलो कारण अध्यक्ष रहेको उनले बताइन् । मानन्धरले अध्यक्ष ओली जनताका लागि पथ प्रदर्शकको भूमिकामा रहेको र राजनीतिमा सधैँ सक्रिय रहेको बताइन् । मानन्धरले एमालेले समानता र सामाजिक न्यायमा आधारित रहेर परिवर्तन र समृद्धिको एजेण्डा स्थापित गर्ने प्रयास गरेको बताउँदै आफू एमालेमा कुनै पद र अवसरको सौदाबाजीका लागि नआएको पनि स्पष्ट गरिन् ।
 

प्रतिक्रिया