सुजता कोइरालाद्वारा जिपी कोइराला प्रोफेसनल आइटिएफ उद्घाटन 

राम्रो अनलाइन     ०६ चैत २०७८, आइतबार
सुजता कोइरालाद्वारा जिपी कोइराला प्रोफेसनल आइटिएफ उद्घाटन 


काठमाडौं– गिरिजाप्रसाद कोइराला फाउन्डेसनको आयोजना र नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो (आइटिएफ) महासंघको सहकार्यमा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्मा जारी च्याम्पियनसिपमा महिलातर्फ ४७–५५ केजी र पुरुषमा ५५–६३ केजी तौलसमूहमा गरी दुई स्वर्णका लागि प्रतिस्पर्धा भइरहेको छ । 


सात प्रदेश र दुई विभागीय टोली (त्रिभुवन आर्मी र एपिएफ क्लब) गरी कुल ९ टोलीबाट ५४ खेलाडीले प्रतिस्पर्धा गर्ने प्रतियोगिताको नेपाली कांग्रेसकी नेतृ एवं फाउन्डेसनकी अध्यक्ष सुजता कोइरालाले उद्घाटन गरेकी थिइन् । प्रत्येक टोलीबाट समान ३/३ जना महिला र पुरुष खेलाडी छनोट गरी प्रोफेसनल आइटिएफ तेक्वान्दो च्याम्पियनसिपमा खेलाइएको थियो । 

 

 


 

प्रतिक्रिया