शौच गर्न गएकी कोशोरी बलात्कृत

राम्रो अनलाइन     २९ माघ २०७७, बिहिबार

शौच गर्न बाहिर निस्किएकी किशोरीमाथि सामूहिक बलात्कार भएको छ । मोरङको जहदा गाउँपालिका–१ मा सोमबार राति दुई जनाको समूहले १४ वर्षीया किशोरीलाई अपहरण गरी बलात्कार गरेको प्रहरीले जानकारी दिएको छ ।

राति करिब साढे ९ जबरजस्ती मोटरसाइकलमा लैजाँदै गरेको देखेपछि छिमेकीले परिवारका सदस्यलाई जानकारी दिएका थिए । छोरी घर नफर्किएपछि करिब ११ बजेतिर हल्लाखल्ला गर्दै अभिभावक र स्थानीय बासिन्दा खोजीमा निस्किए। तर फेला पार्न सकेनन्। 

घटना भएको स्थल नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत पर्छ। उक्त ठाउँ किशोरीको घरभन्दा करिब डेढ किलोमिटर पर रहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी लोकदर्शन थापाले बताए। 

त्यसको दुई घण्टापछि कोशोरी अत्तालिँदै घर आइपुगिन्। स्थानीय वीरेन्द्र राजवंशीका अनुसार मोटरसाइकलमै ल्याएर कोशोरीलाई घरनजिक छाडिदिएपछि बलात्कारी भागेका थिए। किशोरी निक्कै डराएकी, आत्तिएकी र मानसिक रूपमा विक्षिप्त अवस्थामा रहेकी थिइन्।

पछि उनले आफूमाथि बलात्कार भएको सुनाएकी थिइन्।

प्रतिक्रिया