प्रधानमन्त्री देउवा र अमेरिकी विदेशमन्त्रीको फोनवार्ता

राम्रो अनलाइन     १८ फागुन २०७८, बुधबार
प्रधानमन्त्री देउवा र अमेरिकी विदेशमन्त्रीको फोनवार्ता

 

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनसँग फोनवार्ता गरेका छन् । 

टेलिफोन वार्तामा रुसले युक्रेनमाथि गरेको आक्रमणको विषयमा कुराकानी भएको छ। प्रधानमन्त्री देउवासँग कुराकानी भए लगत्तै ट्वीट गर्दै अमेरिकी विदेशमन्त्री एन्टोनीले युक्रेनको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको विषयमा कुराकानी भएको उल्लेख गरेका छन् ।

‘रुसले युक्रेनमाथि गरेको सैन्य आक्रमण र दुई देशले युक्रेनको सार्वभौमसत्ता र भौगोलिक अखण्डतामा गरेको समर्थनबारे छलफल भएको छ’, कुराकानीपछि विदेशमन्त्री एन्टोनीले ट्वीटरमा लेखेका छन् । 

नेपालको संसद्ले अमेरिकी विकास सहायता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित गरे लगत्तै भएको कुराकानीलाई महत्वका साथ हेरिएको छ।

टेलिफोनमा आर्थिक विकास र क्षेत्रीय चुनौतीको विषयमासमेत छलफल भएको छ। एन्टोनीले आर्थिक विकास र क्षेत्रीय चुनौतीको सामना गर्न मिलेर काम गर्ने ट्वीटरमा उल्लेख गरेका छन् ।  ट्वीटरमा थप भनिएको छ, ‘हामी आर्थिक विकास र क्षेत्रीय चुनौतीको सामना गर्न मिलेर काम गर्नेछौँ।’

प्रतिक्रिया