विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव नियुक्त

राम्रो अनलाइन     २७ माघ २०७७, मङ्गलबार
विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव नियुक्त

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद बैठकले प्राधिकरणमा निमित्त कार्यकारी निर्देशक रहेका शाक्यलाई कार्यकारी निर्देशकको जिम्मेवारी दिने निर्णय गरेको हो।

प्राधिकरणका सबैभन्दा वरिष्ठ उपकार्यकारी निर्देशक शाक्यलाई यसअघि कार्तिक २४ गते निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको थियो । यसअघि कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल सकिएपछि यो पद रिक्त थियो।

उनी निमित्त कार्यकारी निर्देशक हुनुभन्दा अघि प्राधिकरणको सहायक कम्पनी एनइए इञ्जिनीयरिङ कम्पनीको प्रबन्ध सञ्चालकका रुपमा कार्यरत थिए।  शाक्य प्रसारणलाइनका जानकार मानिन्छन् । 

प्रतिक्रिया