महाधिवेशनले एमालेलाई सक्षम शक्तिका रुपमा खडा गर्छ : अध्यक्ष ओली

राम्रो अनलाइन     २६ कात्तिक २०७८, शुक्रबार
महाधिवेशनले एमालेलाई सक्षम शक्तिका रुपमा खडा गर्छ : अध्यक्ष ओली


काठमाडौं– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी १०औैँ राष्ट्रिय महाधिवेशनले एमालेलाई राष्ट्रिय आकांक्षा पूरा गर्ने अभियानको नेतृत्व गर्न सक्षम सवल शक्तिका रुपमा खडा गर्ने बताएका छन् । 

देशभरी एकैसाथ महाधिवेशन प्रतिनिधि छनोटका सन्र्दभमा आज भिडियो सन्देश जारी गर्दै उनले महाधिवेशनले पार्टी निर्माण, विस्तार र एकता प्रक्रियालाई नयाँ उचाइ प्रदान गर्ने बताए । उनले करिब तीन वर्षसम्म निष्क्रिय र अस्तव्यस्त अवस्थामा रहेका पार्टी सङ्गठन अहिले जुर्मुराउँदै र कमिटीमा नयाँ जीवन सञ्चारित हुँदै गएको समेत बताए । 

एमालेको महाधिवेशन यही मङ्सिर १० देखि १२ गते चितवनमा हुँदै छ । महाधिवेशनका लागि शनिबार एक हजार ९९९ जना प्रतिनिधि चयन हुँदैछन् ।
 

प्रतिक्रिया