नेपाल कम्युनिस्ट पार्टी (ने क पा) का प्रचण्ड–माधव समूह आधिकारिकता दाबी गर्न निर्वाचन आयोग जाँदैछ । मंगलबार आफू आधिकारिक नेकपा भएको दाबी गर्न बहुमत केन्द्रीय सदस्यसहित सो समूह आयोग जान लागेको हो ।
बहुमत केन्द्रीय सदस्य आफूहरूसँग रहेको हुँदा पार्टीको नाम, झन्डा र सूर्य चुनाव चिह्न आफूले पाउनुपर्ने दाबी गर्दै नेकपा आयोगमा जाने भएको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभाको विघटन सिफारिस गरेसँगै नेकपामा फुट आएको हो ।
नेकपाको प्रचण्ड–माधव समूहले प्रतिनिधिसभाको पुनस्थापना माग गर्दै सडक आन्दोलन गरिरहेको छ ।