गाउँमा पूजाको प्रसाद खाँदा करिब २८ बिरामी

राम्रो अनलाइन     १६ साउन २०७८, शनिबार
गाउँमा पूजाको प्रसाद खाँदा करिब २८ बिरामी

सिन्धुपाल्चोक, १६ साउन : मेलम्ची नगरपालिका–११ चालिसेगाउँ चापाबोटमा पूजाको प्रसाद खाँदा २८ जना बिरामी भएका छन् ।

गत साउन १४ गतेको पूजामा सहभागीमध्ये २८ जनालाई एउटै प्रकारको झाडापखाला लागेको मेलम्ची नगरपालिकाका उपप्रमुख भगवती नेपालले जानकारी दिइन् । उनले सबैलाई स्वास्थ्यचौकीमा ल्याउन सम्भव नभएकाले बिहान स्वास्थ्यकर्मीसहितको टोली लगेर उपचार गरेर फर्केको जानकारी दिइन् ।  बिरामीमध्ये तीन जनालाई स्वास्थ्य केन्द्र मेलम्चीमा ल्याइएको छ ।

अन्य बिरामीको स्वास्थ्य अवस्था सामान्य रहेको पनि नेपालले जानकारी दिइन् । ‘फुडपोइजन’का कारण झाडापखाला लागेकाले ४८ घण्टासम्म सबै जना ठिक भइसक्ने स्वास्थ्यकर्मीको भनाइ छ ।
 

प्रतिक्रिया