घाँस काट्दा लडेर मृत्यु

राम्रो अनलाइन     ०५ साउन २०७८, मङ्गलबार
घाँस काट्दा लडेर मृत्यु

बागलुङ, ५ साउन : काठेखोला गाउँपालिका–५ बिहुँ, काउलेका ४८ वर्षीय इन्द्रबहादुर पुनको घाँस काट्ने क्रममा भीरबाट लडेर मृत्यु भएको छ ।

घर नजिकै रहेको झौरियाको भीरमा घाँस काट्न जानुभएका पुनको आज बिहान लडेर मृत्यु भएको वडाध्यक्ष शिवप्रसाद कँडेलले जानकारी दिए ।

स्थानीयवासीले खबर गरेपछि बिहुँ–धम्जा प्रहरीचौकीको टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 
 

प्रतिक्रिया