स्नातकमा त्रिविले भर्ना आह्वान गरिसक्दा पनि कक्षा १२ को नतिजा आएन, लाखौँ विद्यार्थी अन्यौलमा

राम्रो अनलाइन     १४ माघ २०७७, बुधबार

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा निर्धारित मितिमा सार्वजनिक गर्न नसक्दा यस्तो स्थिति आएको हो ।

नतिजा आउन अझै केही दिन लाग्न सक्ने बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए । परीक्षार्थीको डाटा रुजुमा थप समय लागेकाले ढिलाई भएको अर्यालले बताएका बताउँछन् । उनका अनुसार आगामी आइतबारसम्ममा नतिजा सार्वजनिक हुनेछ । 

परीक्षा बोर्डले यसअघि १० माघभित्र नतिजा सार्वजनिक गर्ने जनाएको थियो ।

कोरोना महामारीका कारण स्थगित भएको कक्षा १२ को परीक्षा गत १६ मंसिरमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया