पहिलोपटक हिउँदयाममा विश्वको दोस्रो सर्वोच्च शिखर माउन्ट केटुको आरोहण गरी इतिहास रच्ने नेपाली टोलीलाई त्रिभुव अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ ।
पाकिस्तानमा रहेको ८ हजार ६ सय ११ मिटर अग्लो माउन्ट केटुको सफलतापूर्वक आरोहण गर्ने १० जनाको नेपाली टोलीलाई मंगलबार बिहान स्वागत गरिएको हो ।
टोलीमा निर्मल (निम्सदाइ) पुर्जा, मिङ्मा जी शेर्पा, मिङ्मा डेभिड शेर्पा, मिङ्मा तेन्जी शेर्पा, गेल्जे शेर्पा, दावा तेम्बा शेर्पा, पेमछिरी शेर्पा, किलुपेम्बा शेर्पा, दावा तेन्जिङ शेर्पा र सोना शेर्पा रहेका छन् ।