कोरोना संक्रमणबाट कलाकार एकाराम सिंहको निधन

राम्रो अनलाइन     २५ जेठ २०७८, मङ्गलबार
कोरोना संक्रमणबाट कलाकार एकाराम सिंहको निधन

काठमाडौं : संस्कृतिविद् एवं‌ कलाकार एकाराम सिंहको निधन भएको छ । बाल साहित्य एवं‌ चित्रकलामा ख्याति कमाएका उनको ५३ वर्षको उमेरमा सोमबार ज्यान गएको हो ।

उनी कपनस्थित करूणा अस्पतालको आइसियुमा उपचाररत थिए । काठमाडौं महानगरपालिकाले तयार पारेको स्थानीय पाठ्यक्रममा समावेश हुने चित्रकला तयार पारेका उनले राणा प्रधानमन्त्री एवं‌ राजपरिवारका सदस्यहरूको समेत कैयौं चित्र कोरेका छन् । उनले लिच्छविदेखि मध्यकालसम्मका संस्कृति झल्किने विभिन्न चित्रकला समेत उतारेका छन् ।

 

प्रतिक्रिया