ओलीको प्रस्तावलाई माधव पक्षको काउन्टर जवाफ, ओलीको आह्वान छलछाम र षड्यन्त्रपूर्ण 

राम्रो अनलाइन     २४ जेठ २०७८, सोमबार
ओलीको प्रस्तावलाई माधव पक्षको काउन्टर जवाफ, ओलीको आह्वान छलछाम र षड्यन्त्रपूर्ण 

नेकपा (एमाले) माधव नेपाल पक्षले अध्यक्ष केपी शर्मा ओलीले गरेको पार्टी एकता अभियान छलछाम र षड्यन्त्रपूर्ण भएको बताएकाे छ। 

सोमबार बसेकाे नेपाल पक्षीय स्थायी कमिटीको बैठकले पार्टी एकताको लागि ओलीले गरेको आह्वान अल्मल्याउने खालको भएको निष्कर्ष निकालेको हो।

अध्यक्ष ओलीले आइतबार ६ बुँदे वक्तत्व सार्वजनिक गर्दै पार्टी एकताको लागि आह्वान गरेका थिए। 

आज बसेको नेपाल पक्षको बैठकले ओलीलाई ६ बुँदामै जवाफ दिएको छ। नेपाल पक्षले सर्वोच्च अदालतको फैसलाअनुसार २३ फागुनपछिका सबै निर्णय खारेज हुनुपर्ने, प्रतिनिधिसभा विघटनको निर्णय असंवैधानिक भएकोले खारेज गर्नुपर्ने लगायत माग राखेको छ। 

नेपाल पक्षले ओली पार्टी एकताको लागि तयार नभएको आरोप लगाएको छ। त्यसैगरी गुटगत भेलामार्फत गरिएको कारबाही फिर्ता हुनुपर्ने पनि नेपाल पक्षले जनाएको छ। 
 

प्रतिक्रिया