जनगणना २०७८ का लागि ३९ हजार गणकको माग

राम्रो अनलाइन     ११ माघ २०७७, आइतबार
जनगणना २०७८ का लागि ३९ हजार गणकको माग

सरकारले जनगणना २०७८ का लागि ३९ हजार गणक करारमा नियुक्त गर्ने भएको छ । यस्तै ८ हजार जना सुपरिवेक्षक पनि करारमै माग गरेको छ । 

करारमा कर्मचारी भर्नाका लागि केन्द्रीय तथ्यांक विभागले आइतबारदेखि दरखास्त आह्वान गरेको हो । इच्छुक व्यक्तिले ६० दिनभित्र अनलाइन दरखास्त फारम भर्न सक्ने विभागले जनाएको छ ।

दरखास्त स्नातक तह वा सोसरह उत्तीर्ण गरेको व्यक्तिले सुपरिवेक्षक र गणक दुवै पदका लागि दिन सक्ने छन् । तर भर्ना भने कुनै एक पदका लागि मात्र लिइने विभागले जनाएको छ ।

करारमा नियुक्त जनशक्तिले नपुगेमा सार्वजनिक विद्यालयका शिक्षक तथा सरकारी कर्मचारीलाई लिन सकिने छ ।

 

प्रतिक्रिया