सर्लाहीमा पेस्तोलसहित एक जना पक्राउ

राम्रो अनलाइन     ११ माघ २०७७, आइतबार
सर्लाहीमा पेस्तोलसहित एक जना पक्राउ

सर्लाहीमा पेस्तोलसहित एक जना पक्राउ परेका छन् । प्रहरीका अनुसार सर्लाहीको कविलासीबाट अरुण मिश्र नाम गरेका व्यक्ति पक्राउ परेका हुन् ।

मिश्र ७.६५ एमएम लेखिएको एक थान पेस्तोलसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया