जनताको सेवक बनिन् उपाध्यक्ष बुढा 

राम्रो अनलाइन     २२ जेठ २०७८, शनिबार
जनताको सेवक बनिन् उपाध्यक्ष बुढा 

जुम्ला,२२ जेठ : जुम्लाको तिला गाउँपालिकाका उपाध्यक्ष विष्णु बुढा  कोरोना सङ्कटमा जनताको असली सेवक रूपमा क्रियाशील छिन् । गाउँपालिकाभित्रका कोरोना सङ्क्रमितको मनोबल उच्च बनाउन घरदैलो अभियानदेखि सङ्क्रमितको स्वास्थ्य अवस्था बुझ्ने दौडधुप गरिरहेकी छिन् उपाध्यक्ष बुढा । उनले  सङ्क्रमित र संक्रमितका परिवारलाई सहानुभूति दिंदै आएकी छिन् । 

कोरोना कहरको पहिलो चरणमा सचेतना कार्यक्रम लिएर जनताको घरदैलोमा पुगेकी उपाध्यक्ष बुढा दोस्रो लहरमा पनि सङ्क्रमितको उपचार व्यवस्थापनमा  स्थानीयवासीसँग सहकार्य र समन्वय गर्दै आएकी छिन् । कोरोना सङ्क्रमित व्यक्तिदेखि अन्य स्थानीयवासीसँंग गाउँपालिकाका स्वास्थ्यकर्मी लिएर स्वास्थ्य परामर्श दिंदै उनले लक्षणअनुसारको औषधि उपलब्ध गराउँदै आएकी छिन्  । कोरोना सङ्क्रमितलाई एक क्यारेट अण्डा, औषधि र स्वास्थ्य परामर्श दिँदै उनी पालिका डुलिरहेकी छिन्  
 
उनले भनिन्, “कोरोना सङ्क्रमित भन्ने बित्तिकै गाउँमा फरक तरिकाले हेर्ने गरिन्छ । कोरोना एक प्रकारको रोग हो । रोग लाग्दैमा मान्छे मर्दैन तर कोरोना देखिएको बेला अत्यधिक लापरवाही गरेको खण्डमा ज्यान पनि जान सक्छ ।” सङ्क्रमित र सङ्क्रमित परिवारले सचेत हुन जरुरी रहेकाले घरदैलो अभियान शुरु गरिएको  उनको भनाइ छ । 

उपाध्यक्ष बुढासँगै स्वास्थ्य संयोजक गणेशबहादुर शाही, अहेब उत्तम देवकोटा पनि सङ्क्रमितको घरदैलोमा जाने गरेकी छिन् । उपाध्यक्ष बुढाले भनिन्, कोरोना सामूहिक समस्या भएकाले सामूहिक रुपमा प्रतिरोध गर्नुुपर्छ । स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्नुपर्छ ।” 

कोरोना सङ्क्रमणका कारण दिनहुँ ज्यान गइरहेको छ । उनी सबैलाई भन्छिन्, “जटिल समस्या आएमा मलाई खबर गर्नुहोला, म तापइँहरुकै सेवामा रहने छु ।” अस्पतालसम्म लैजाने व्यवस्था स्थानीय सरकारले गर्ने गरेको उनको भनाइ छ । होम आइसोलेसनमा बसेका सङ्क्रमितले उच्च सतकर्ता अपनाउनु पर्ने उपाध्यक्ष बुढा बताउँछिन् । 

उनले गाउँपालिकाका नौवटै वडाको घरघरमा पुगेर सङ्क्रमित भएर घरमा बस्नेले ध्यान दिनुपर्ने कुराहरुदेखि घरबाहिर निस्कदा मास्कको अनिवार्य प्रयोग गर्न, समयसमयमा सेनिटाइजर वा साबुन पानीले नियमित हात धुन र भिडभाड नगर्न  सल्लाह दिइरहेकी छिन् ।

गाउँपालिका–३ का होम आइसोलेसनमा बसेका सङ्क्रमित दत्त गिरीले उपाध्यक्षले घरदैलोमा पुगेर बिरामीको मनोबल उच्च बनाउने कार्य गरेकामा खुसी व्यक्त गर्दै भने, “जनप्रतिनिधिले यसरी बिरामी परेको बेला घरमै आएर सान्त्वना दिँदा पनि निकै राहत हुने रहेछ । घरदैलोमा पुगेर सङ्क्रमित भेटेर स्वास्थ्य परामर्श दिदै लक्षणअनुसारको औषधि उपलब्ध गराउनु निकै ठूलो कुरा हो ।” जनता कोरोनाबाट सङ्क्रमित भई दुःखमा परेको बेला हामी जनप्रतिनिधि घरमै पुग्दा उनीहरुको आत्मबल बढेको उपाध्यक्ष बुढाको अनुभव छ । 

गाउँपालिकाका स्वास्थ्य संयोजक गणेशबहादुर शाहीले घरदैलोमा पुगेर सङ्क्रमितालाई ऊर्जा दिने काम उदाहरणीय भएको बताए । सो गाउँपालिकामा २५ शय्याको आइसोलेसन र पाँच शय्याको कोभिड अस्पताल सञ्चालनमा ल्याएको उनले बताए । गाउँपालिकाको तीन स्थानमा हेल्थ डेस्क सञ्चालनमा ल्याएको छ । 

खाद्यान्नमा २० प्रतिशत छुट 

 खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय जुम्लाले निषेधाज्ञा अवधिभर खाद्यान्नमा २० प्रतिशत छुट दिएको छ । आर्थिक वर्ष २०७८÷७९ को बजेट वक्तव्यमा निषेधाज्ञा अवधिभर छुट सुविधा उपलब्ध गराउने सामग्रीको विवरण र सोको मूल्य तथा बिक्री हुने स्थानको साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जानकारी गराउने निर्णय गरेअनुसार उल्लेखित छुट तथा सहुलियतको कार्यान्वयन शुरु भएको छ । 
अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनबीच भएको बैठकमा खाद्यान्नमा २० प्रतिशतर कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनबीच भएको बैठकमा खाद्यान्नमा २० प्रतिशत

प्रतिक्रिया