सुदूरपश्चिममा सङ्क्रमित हुने भन्दा निको हुने धेरै

राम्रो अनलाइन     २० जेठ २०७८, बिहिबार
सुदूरपश्चिममा सङ्क्रमित हुने भन्दा निको हुने धेरै

सुदूरपश्चिम,२०जेठ : सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४घण्टामा  कोरोना सङ्क्रमित हुनेभन्दा निको हुने सङ्ख्यामा वृद्धि भएको छ ।  सो अबधिमा एक हजार ३२८ सङ्क्रमित घर फर्किएका छन् भने ३२८ सङ्क्रमित थपिएका छन् । 

स्वास्थ्य निर्देशनालय दीपायलका अनुसार  प्रदेशमा आज कैलाली, कञ्चनपुर र बझाङ जिल्लाका गरी चार सङ्क्रमितको मृत्यु भएको छ । यो समेत हालसम्म मृतकका सङख्या   ५१६ जना पुगेको छ । प्रदेशको जनसङ्ख्या २५लाख ५२ हजार ५१७ मध्ये आज सम्म दुई लाख ३४हजार ६३२जनाको कोरोना भाइरसको नमूना परीक्षण गरिसकिएको छ । 

प्रदेशका विभिन्न १२अस्पतालका भेन्टिलेटरमा आठ, सघन उपचार कक्षमा १४ र कोभिड वार्डमा ३६  बिरामी उपचाररत् छन् । कोरोना भाइरसका सक्रिय सङ्क्रमित पछिल्ला दिनमा घट्दै गएका छन् । एक हप्ता अघिसम्म प्रदेशमा दश हजार ५२ जना सक्रिय सङ्क्रमित रहेकोमा आज यो सङ्ख्या घटेर पाँच हजार २७३ पुगेको छ ।

दोस्रो लहरको कारोना भाइरस फैलिदेखि यही जेठ ७ गते एकै दिन प्रदेशमा सबै भन्दा बढी ९८४ नयाँ सङ्क्रमित थपिएका थिए । साथै  सबै भन्दा बढी  ३१ जना सङ्क्रमितको मृत्यु भएको थियो ।  यसै बीच कैलाली जिल्लामा स्थानीय प्रशासनद्वा जारी निषेधाज्ञाको अबधि यही जेठ ३१ सम्म थपिएको छ । 

प्रतिक्रिया