एनएमबि बैंकको खाता कनेक्ट आईपीएसमा अनलाइन भेरिफाइ गर्न सकिने

राम्रो अनलाइन     २० जेठ २०७८, बिहिबार
एनएमबि बैंकको खाता कनेक्ट आईपीएसमा अनलाइन भेरिफाइ गर्न सकिने

एनएमबि बैंकका ग्राहकहरुले अब आफ्नो बैंक खाता कनेक्ट आईपीएसमा लिंक गरी अनलाइनबाटै सेल्फ भेरिफाइ गर्न सक्ने सुविधा बैंकले उपलब्ध गराएको छ । यस सुविधासँगै बैंकका ग्राहकहरुले कनेक्ट आईपीएसमा लिंकगरिएको खाता भेरीफाइ गर्नका निम्ति बैंकको शाखा पुग्नु पर्ने छैन ।

अनलाइनबाटै सम्पूर्ण प्रकृया पूरा गरी कारोबार गर्न सक्नेछन् । हालको समयमा बैंकका विभिन्न वैकल्पिक च्यानलहरुमार्फत पनि फण्ड ट्रान्स्फर तथा अन्य भुक्तानीका निम्तिकनेक्ट आईपीएसको प्रयोग निकै बढ्दै गइरहेको छ र एनएमबि बैंकको यस अनलाइन सुविधाको थालनीले बैंकका ग्राहकहरुलाई हालको लकडाउनको अवस्थामा थप सहज हुने विश्वास गरिएको छ ।

आलाइन सेल्फ भेरिफाइ गरिएका खाताहरुका लागि बैंकले प्रतिदिन रु. १ लाख तथा प्रतिमहिना रु १० लाख सम्मको कारोबार सीमा प्रदान गरेको छ । पूर्ण कारोबार सीमाको लागि भने ग्राहकले बैंकमा र्फम बुझाएर एक पटक भेरिफाइ गराउनु पर्ने हुन्छ ।

प्रतिक्रिया