स्वास्थ्य क्षेत्रमा बजेट वृद्धि

राम्रो अनलाइन     १५ जेठ २०७८, शनिबार
स्वास्थ्य क्षेत्रमा बजेट वृद्धि

काठमाडौँ, १५ जेठ : सरकारले स्वास्थ्य क्षेत्रमा बजेट वृद्धि गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सिंहदरवारमा आयोजित कार्यक्रममा आगामी आर्थिक वर्ष २०७८÷०७९ को बजेट प्रस्तुत गर्दै गतवर्ष भन्दा यसवर्ष स्वास्थ्य क्षेत्रको बजेट वृद्धि गरिएको जानकारी दिए । उनले स्वास्थ्य क्षेत्रको एक खर्व २२ अर्ब ७७ करोड बजेट विनियोजन गरिएको बताउए  

उनले सरकारले  कोरोना सङ्क्रमण न्यूनिकरणका लागि बजेट केन्द्रीकृत गरेको र  बजेट अभाव हुन नदिने जानकारी पनि दिए । यस्तै सरकारले कोभिड–१९ को रोकथाम, उपचार र नियन्त्रणका लागि रु ३७ अर्ब ५३ करोड  विनियोजन गरेको छ । यस्तै सरकारले कोभिड–१९ विरुद्धको खोपका लागि २६ अर्ब ७५ करोड बजेट विनियोजन गरेको छ । 

प्रतिक्रिया