काठमाडौँ–नेक्स्ट मोडल नेपाल प्रा. लि. को आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता 'मोडल हन्ट नेपाल सिजन-१०' अन्तर्गतको स्विमसूट राउण्ड (Swimsuit Round) भव्य रूपमा सम्पन्न भएको छ।

'बीच हाउस बार एण्ड डाइनिङ' (Beach House Bar & Dining) मा आयोजित उक्त विशेष सोमा प्रतियोगी नम्बर १२ मनिषा भट्ट ले आफ्नो उत्कृष्ट क्याटवाक, आत्मविश्वास र प्रभावशाली प्रस्तुतिमार्फत दर्शक तथा निर्णायकहरूको ध्यान आकर्षित गरेकी छन्। प्रतियोगितामा मनिषाको आउटफिट डिजाइन 'युशाज भिरागो' (Yousha’s Virago) ले तयार पारेको थियो।

प्रमुख प्रायोजक तथा साझेदारहरू
फेसन र मोडलिङ क्षेत्रको प्रतिष्ठित मञ्च मानिने यस प्रतियोगितालाई विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरूले सहकार्य गरेका छन्:
टाइटल स्पोन्सर: नथिङ नेपाल (Nothing Nepal)
सह-प्रायोजक: केएफसी नेपाल (KFC Nepal) र न्यूम्यु (Newmew)
स्मार्टफोन पार्टनर: नथिङ फोन ४ए [Nothing Phone(4a)]
ब्युटी पार्टनर: स्टार स्ट्रक बाइ एसएल नेपाल (Star Struck by SL Nepal)
स्टडी एब्रोड पार्टनर: एपेस इन्टरनेशनल (Apace International)
हेयर तथा स्किन केयर पार्टनर: आवरण स्किन एण्ड हेयर क्लिनिक (Aavaran Skin & Hair Clinic)
रोमान्टिक पार्टनर: लभबर्ड्स आइसक्रिम (Lovebirds Ice Cream)
एजुकेशन पार्टनर: द ब्रिटिश कलेज, काठमाडौँ (The British College Kathmandu)
डिजिटल पेमेन्ट पार्टनर: खल्टी (Khalti)
टेक पार्टनर: नोमोर क्लाउड (Nomor Cloud)
हस्पिटालिटी पार्टनर: याक एण्ड यति काठमाडौँ (Yak & Yeti Kathmandu)
फिटनेस पार्टनर: जिमशाला (GYMSHALA)
मेकअप तथा भिडियोग्राफी
प्रतिस्पर्धीहरूको सौन्दर्य अभिवृद्धि तथा श्रृंगारको जिम्मेवारी आधिकारिक मेकअप पार्टनर पूनम ब्युटी एकेडेमी र लुजा मेकअप स्टुडियो एण्ड ब्युटी एकेडेमी ले सम्हालेका छन्। त्यसैगरी, कार्यक्रमको उत्कृष्ट दृश्य कैद तथा भिजुअल कन्टेन्ट रणनीतिको जिम्मेवारी फोपाल प्रोडक्सन (Phopal Production) ले निर्वाह गरेको छ।

नेपालको मोडलिङ क्षेत्रमा नयाँ र सम्भावना बोकेका प्रतिभाहरूलाई व्यावसायिक मञ्च प्रदान गर्ने उद्देश्यले नेक्स्ट मोडल नेपालले निरन्तर रूपमा 'मोडल हन्ट नेपाल' आयोजना गर्दै आएको छ।
