चलचित्र पत्रकार संघ नेपालको २७ औँ वार्षिक उत्सवमा सात पत्रकारलाई सम्मान र पुरस्कार

राम्रो अनलाइन     १२ जेठ २०८३, मङ्गलबार
चलचित्र पत्रकार संघ नेपालको २७ औँ  वार्षिक उत्सवमा  सात पत्रकारलाई सम्मान  र पुरस्कार

काठमाडौं–चलचित्र पत्रकारिता दिवसको  अवसरमा  चलचित्र पत्रकार संघ नेपालले आफ्ना सदस्यहरूलाई  चलचित्र पत्रकारिता सम्मान एवं चलचित्र पत्रकारिता पुरस्कार प्रदान गरेको छ । हरेक वर्ष  जेठ ७ गते चलचित्र पत्रकारिता दिवस एवं  संघको २७ औँ वार्षिकोत्सवको अवसरमा ‘राष्ट्रिय चलचित्र पत्रकारिता  रजत सम्मान २०८३’ नगद ५५ हजार ५ सय ५५ रूपैया सहित पत्रकार अनन्त बाग्ले लाई प्रदान गरिएको छ । 

राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०८३’ पत्रकारद्धय जयन सुब्बा मानन्धर र कुबेर गिरीलाई प्रदान गरिएको छ  भने ‘राष्ट्रिय चलचित्र पत्रकारिता मरणोपरान्त विशेष सम्मान पत्रकार  स्व दिनेश सिटौला लाई प्रदान गरिएको छ । संघका पूर्व अध्यक्ष दिनेश सिटौलाको नामबाट नामाकरण गरिएको ‘स्व. दिनेश सिटौला स्मृति राष्ट्रिय चलचित्र पडकारिता पुरस्कार २०८३’ नगद ५१ हजार ५ सय ५५ सहित पत्रकार सुरक्षा भट्टराई लाई प्रदान गरिएको छ  । 

‘राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०८३’ नगद ५१ हजार ५ सय ५५ सहित पत्रकार बैकुण्ठ राज पराजुली र ‘राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार २०८३’ नगद २५ हजार रुपैयाँ सहित पत्रकार मिलन ढुंगानालाई प्रदान गरिएको छ । 

सम्मान एवं पुरस्कार प्रमुख अतिथि चलचित्र बिकास बोर्डका अध्यक्ष दिनेश डिसी, अभिनेताहरू राजेश हमाल, निखिल उप्रेती , पल शाह अभिनेत्रीहरू भुवन चन्द थापा     चैत्य देवी , बसुन्धारा भुसाल , करिश्मा मानन्धर , रेखा थापा , सुरक्षा पन्त , संघका अध्यक्ष समिर बलामी पूर्व अध्यक्षहरू विदुर गिरी , शान्तिप्रिय , सन्दिप सापकोटा  लगायतले प्रदान गरेका थिए । 

सघंका महासचिव  गोपीकृष्ण    चापागाईंले सञ्चालन गरेको समारोहमा संघद्वारा  प्रकाशित क्यालेण्डर सार्वजनिक गरिएको थियो भने समारोह सफल बनाउन सहयोग गर्ने बिभिन्न संघ संस्था तथा व्यक्तिलाई कदर पत्र प्रदान गरिएको थियो । 

प्रतिक्रिया