कालीगण्डकीमा पौडी खेल्न गएका २ जना बगेर बेपत्ता

राम्रो अनलाइन     ०२ वैशाख २०८३, बुधबार
कालीगण्डकीमा पौडी खेल्न गएका २ जना बगेर बेपत्ता

पाल्पा– पाल्पाको कालीगण्डकी नदीमा पौडी खेल्न गएका दुई जना बगेर बेपत्ता भएका छन्।

नयाँ वर्षका दिन पौडी खेल्न गएका बगनासकाली गाउँपालिका–९ का ३९ वर्षीय शरण भुसाल र २९ वर्षीय तोयानाथ बस्याल कालीगण्डकीमा बगेर बेपत्ता भएका हुन्।

मंगलबार बेलुका पौने ५ बजेतिर बगनासकाली – ७ स्थित कालीगण्डकी नदीमा पौडे खेल्ने क्रममा उनीहरु दुबै जना बगेर बेपत्ता भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी होमप्रकाश चौधरीले जानकारी दिए।

उनीहरू ४ जनाको समूह बनाएर पौडी खेल्न गएका थिए। पौडी खेल्न नदीमा पसेका चार जना मध्य दुई जना बगेर बेपत्ता भएको बाँकी दुई जना पौडिएर ज्यान जोगाउन सफल भएको प्रहरीले जनाएको छ ।

‘दुई जना साथीहरु झण्डै असी मिटर टाढासम्म बग्दै गएको थप दुई जना साथीले देखे पनि जोगाउन सकेनछन्,’ डिएसपी चौधरीले भने । रातिदेखि नै बेत्तपा दुई जनाको खोजी थालिएको र बुधबार बिहानदेखि फेरि खोजी सुरु गरिएको डिएसपी चौधरीले बताए।

प्रतिक्रिया