उपसभामुख ठाकुरले गरिन् पदभार ग्रहण

राम्रो अनलाइन     ३० चैत २०८२, सोमबार
उपसभामुख ठाकुरले गरिन् पदभार ग्रहण

काठमाडौं – प्रतिनिधिसभाका उपसभामुख रुवीकुमारी ठाकुरले सोमबार (चैत ३०) पदभार ग्रहण गरेकी छन् । यही चैत २७ गते प्रतिनिधिसभा बैठकबाट उक्त पदमा निर्वाचित उपसभामुख ठाकुरले सिंहदरबारस्थित कार्यालयमा पुगेर पदबहाली गरेकी हुन् ।

उपसभामुख ठाकुरले आजै सभामुख डोलप्रसाद अर्यालसँग पहिलो औपचारिक भेट गरिन् । अर्यालले उपसभामुख ठाकुरलाई बधाई र शुभकामना दिएका सभामुखको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया