गिट्टी, बालुवा, ढुंगाको रकममा भ्रष्टाचार, प्रशासकीय अधिकृतविरुद्ध मुद्दा

राम्रो अनलाइन     ३० चैत २०८२, सोमबार
गिट्टी, बालुवा, ढुंगाको रकममा भ्रष्टाचार, प्रशासकीय अधिकृतविरुद्ध मुद्दा

काठमाडौं– दैलेखको गुराँस गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत दीपककुमार आचार्यविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार ९चैत ३०० प्रमुख प्रशासकीय अधिकृत आचार्यसहित आर।के। कन्स्ट्रक्सन सुर्खेत र उक्त कम्पनीका सञ्चालक सुवास कार्कीलाई भ्रष्टाचारमा सजायको मागदाबी गर्दै विशेष अदालतमा मुद्दाच दर्ता गरेको हो ।

आपसी मिलेमोतोमा सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरेको दाबी अख्तियारको छ । आयोगले आचार्यसहित सबैजनालाई भ्रष्टाचार निवारण ऐन, २०५९ अनुरुप २२ लाख ४४ हजार पाँच सय रुपैयाँ बिगो असुल गरी त्यति नै जरिबाना र जेल सजायको माग गरेको छ ।

उनीहरूविरुद्ध कर्णाली नदी र लोहरेखोला क्षेत्र, तल्लो डुंगेश्‍वरबाट गिट्टी, बालुवा, ढुंगा र ग्राभेल उत्खनन्, संकलन तथा बिक्री वितरणको ठेक्‍का सम्झौता गर्दा बैंक ग्यारेन्टी नलिई सम्झौता गरेर राजस्व हिनामिना गरेको भन्दै अख्तियारमा उजुरी परेको थियो । तत्कालीन प्रमुख प्रशासकीय अधिकृत आचार्य र आर।के। कन्स्ट्रक्सनका सञ्चालक सुवास कार्कीको मिलेमतोमा आर्थिक वर्ष ०७८र७९ मा गिट्टी, बालुवा, ढुंगा र ग्राभेल उत्खनन्, संकलन तथा बिक्री वितरणको लागि गरिएको ठेक्कामा गोलमाल गरेको अभियोग दाबी छ ।

सम्झौताबमोजिम, कबोल गरेको रकम र सरकारलाई नियमानुसार बुझाउनुपर्ने मूल्य अभिवृद्धि कर १३ प्रतिशतसमेत ३४ लाख ४६ हजार ५०० रुपैयाँ दाखिला गर्नुपर्नेमा बैंक जमानत रकमसमेत नलिई १२ लाख २,००० मात्र कार्यालयमा दाखिला गरेको अख्तियारको अनुसन्धानमा भेटिएको छ ।

प्रतिक्रिया