कोसी र कर्णालीका सांसदसँग छलफलमा जुटे प्रधानमन्त्री बालेन

राम्रो अनलाइन     १६ चैत २०८२, सोमबार
कोसी र कर्णालीका सांसदसँग छलफलमा जुटे प्रधानमन्त्री बालेन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) कोसी र कर्णाली प्रदेशका सांसदहरूसँग छलफलमा जुटेका छन् । 

सोमबार (चैत १६) मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयमा सबै दलका सांसदहरूसँग छलफलमा  जुटेको बालेनको सचिवालयले जनाएको छ । 

‘कोसी र कर्णाली प्रदेशका सबै दलबाट निर्वाचित सांसदसँग प्रधानमन्त्रीको छलफल चलिरहेको छ । चरणबद्ध रूपमा सबै प्रदेशका सांसदसँग प्रधानमन्त्रीले छलफल गर्नुहुनेछ,’ सचिवालय स्रोतले भन्यो । 

आइतबार प्रधानमन्त्री बालेनले मन्त्रीहरूसँग छलफल गरेका थिए । आज मध्यान्ह ४ बजे मन्त्रिपरिषद् बैठक बस्दै छ ।

प्रतिक्रिया